PahiloPost

May 15, 2024 | २ जेठ २०८१

संघीय संसद्को चौथो अधिवेशन आजदेखि, यस्ता छन् मुख्य एजेण्डा



पहिलोपोस्ट

संघीय संसद्को चौथो अधिवेशन आजदेखि, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौँः संघीय संसद्को चौथो अधिवेशन आजदेखि सुरु हुँदैछ। अपराह्न ४ बजे संसदका दुबै सदनको बैठक बोलाइएको छ। चालु अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल तथा बजेट प्रस्तुत मुख्य कार्ययोजना रहनेछन्।

संविधान कार्यान्वयन र संविधान अनुकूल कानुन निर्माण पनि अधिवेशनको प्राथमिकतामा रहनेछन्।

चैत ११ गते तेस्रो अधिवेशन अन्त्य गरिएको थियो। योपटक तुलनात्मक रूपमा बजेट अधिवेशन केही चाँडै बोलाइएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणअघि नै अधिवेशन आह्वान गरिएको थियो।

अधिवेशन आह्वानसँगै सरकारले वैशाख २० मा नीति तथा कार्यक्रम पेस गर्ने तयारीबारे संसद्लाई जानकारी गराइसकेको छ। यो पटक नीति तथा कार्यक्रमपछि मात्र प्रिबजेट छलफल हुनेछ।

संघीय संसद् सचिवालयले अधिवेशनका सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

 

यस्ता छन् कार्यसूची

सोमबारको बैठकमा दुबै सदनमा राष्ट्रपतिद्वारा अधिवेशन आह्वानका लागि पठाइएको पत्र वाचन गरिनेछ। यस्तै, सभामुख, उपसभामुख, अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने अध्यक्ष मण्डलको चयन गरिनेछ। हरेक अधिवेशनमा अध्यक्ष मण्डल चयन गर्ने परम्परा छ। 

अधिवेशन प्रारम्भसँगै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। सम्बोधनको समय भने यकिन भइसकेको छैन। दिउँसो १ बजे बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकले सम्बोधनबारे निर्णय लिनेछ।

यस्तै, अधिवेशन चालु नरहेको अवधिमा निधन भएका पूर्व सांसदको शोक प्रस्ताव पनि कार्यसूचीमा रहेको छ। यसबीचमा चार पूर्व सांसदको निधन भएको छ। सदनले दिवाकर गोल्छा, रुद्रमणि शर्मा, रामकृष्ण ताम्राकार, र भिक्षु अश्वघोषको निधनको शोक प्रस्ताव पारित गर्नेछ।

नीति तथा कार्यक्रम छलफलपछि वैशाख ३१ सम्म प्रिबजेट छलफल समेत सक्ने कार्यतालिका सचिवालयले तयार पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell