PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

दिनमा ४० वटा टिपरलाई दिउँसो रिङरोडमा प्रवेश गर्न दिने निर्णय, कलंकी र गौशालामा यात्रु चढ्न र ओराल्न निषेध



पहिलोपोस्ट

दिनमा ४० वटा टिपरलाई दिउँसो रिङरोडमा प्रवेश गर्न दिने निर्णय, कलंकी र गौशालामा यात्रु चढ्न र ओराल्न निषेध

काठमाडौँ : अब हरेक दिन बढीमा ४० वटा टिपर दिउँसोको समयमा रिङरोडभित्र प्रवेश गर्न पाउने भएका छन्।  

दुर्घटना बढेपछि दिउँसोको समयमा रिङरोडभित्र टिपर प्रवेशमा प्रतिबन्ध लगाइएको थियो। 

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने सिलसिलामा वैशाख १३ गते शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

निर्णय अनुसार प्रदूषण जाँचपास परीक्षण प्रयोजनका लागि भक्तपुर नाकाबाट प्रत्येक दिन अधिकतम २० वटा र कलंकी नाकाबाट अधिकतम २० वटालाई तत् तत् नाकाको ट्राफिक प्रहरीले व्यहोरा समेत उल्लेख गरी प्रवेश पास उपलव्ध गराउने छ। 

त्यसैगरी गोंगबु बसपार्क बाहेक कलंकी चोक र त्यसको आसपास एवम् गौशाला चोक र त्यसको आसपासका क्षेत्रहरुमा मध्यम तथा लामो दुरीका सवारी साधनका यात्रु चढाउने ओराल्ने कार्य वैशाख २२ गते आइतबारदेखि पूर्ण रुपमा निषेध गरिएको छ। 

ती ठाउँमा टिकट बुकिङ गर्ने तथा जारी गर्ने टिकट काउन्टर खडा गरी सोही स्थानबाट यात्रु चढाउने तथा ओराल्ने काम भइरहेको थियो। 

मध्यम तथा लामो दूरीमा चल्ने यात्रुवाहक सवारी साधनहरुले अनिवार्य रुपमा यात्रुका नाममा टिकट जारी गर्ने र यात्रुले पनि साथमा टिकट लिएर मात्र यात्रा गर्ने, टिकट काउण्टरहरुमा काम गर्ने कर्मचारीहरुले अनिवार्य रुपमा परिचयपत्र लगाउने र आगामी जेठ १ गतेदेखि तोकिएको पोशाक समेत लगाउनुपर्ने निर्णय भएको छ। 

काठमाडौँ उपत्यका वा आसपासका नगरहरुबाट लामो तथा मध्यम दूरीको बाटो इजाजत पत्र प्राप्त गरी नागढुंगा हुँदै बाहिरिने यात्रुवाहक सवारी साधनहरुमध्ये गोंगबु बसपार्कबाट छुट्ने सवारी साधनहरुले नयाँ बसपार्कको ट्राफिक प्रहरी पोष्टमा र बनेपाबाट छुट्ने सवारी साधनहरुले सांगा 
ट्राफिक प्रहरी पोष्टमा अनिवार्य रुपमा अभिलेख इन्ट्री गराउनुपर्ने भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell