PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रिमियर लिग : टोटनहम पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : टोटनहम पराजित

प्रिमियर लिगमा तेस्रो स्थानको टोटनहम हट्सपर वेष्टहमसँग पराजित भएको छ।

वेष्टहमसँग घरलु मैदानमै १-० ले पराजित भएपछि शीर्ष चारमा पर्ने टोटनहमको अभियानमा केही धक्का लागेको छ।

वेष्टहमको जितमा माइकल एन्टोनिओले ६७औँ मिनेटमा गोल गरेका थिए।

टोटनहमले अब लिगमा २ खेल बाँकी छ। ३६ खेलबाट ७० अंकसहित टोटनहम तेस्रो स्थानमै यथावत छ।

तर टोटनहम भन्दा पछि रहेका चेल्सी, आर्सनल र म्यानचेष्टर युनाइटेडले एक-एक खेल कम खेलेका छन्।

चेल्सी ६७ चौथो आर्सनल पाँचौ र युनाइटेड ६४ छैटौँ स्थानमा छन्।

आज युनाइटेडले चेल्सीसँग घरेलु मैदानमा खेल्दैछ भने आर्सनलले लेस्टरसँग उसैको मैदानमा खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell