PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

कांग्रेस कोटाबाट राजदूत भएका कतारका राजदूत कोइरालालाई फिर्ता बोलायो सरकारले



कांग्रेस कोटाबाट राजदूत भएका कतारका राजदूत कोइरालालाई फिर्ता बोलायो सरकारले
फोटो: gulf-times.com

काठमाडौं: कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई सरकारले फिर्ता बोलाएको छ।
 
सरकारको पछिल्लो मन्त्रिपरिषद् बैठकले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जनाएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बास्कोटाले सरकारले आवश्यक ठानेकोले फिर्ता बोलाएको बताए।

राजदूतलाई किन फिर्ता बोलाउने निर्णय भएको भन्ने प्रश्नमा मन्त्री बास्कोटाले भने,‘सरकारले आवश्यकता महसुस गर्‍यो। अनि फिर्ता बोलायो। यसमा भन्नु पर्ने कुरा केही छैन।’

कोइरालालाई कांग्रेस कोटाबाट कतारका लागि २०७३ को अन्तिममा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूतमा सिफारिस गरेको थियो। कोइराला पूर्वश्रममन्त्री टेकबहादुर गुरुङका सल्लाहकारको जिम्मेवारीमासमेत थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell