PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यस्तो छ 'यात्रा : अ म्यूजिकल भ्लग'को नयाँ गीत



पहिलोपोस्ट

यस्तो छ 'यात्रा : अ म्यूजिकल भ्लग'को नयाँ गीत

काठमाडौं :  प्रदर्शनरत फिल्म  'यात्रा : अ म्यूजिकल भ्लग'को नयाँ गीत सार्वजनिक भएको छ।

निर्माण टिमले 'फ्लाइङ्ग'बोलको गीतलाई फिल्म हलमा रिलिज भएपछि युट्युबमा सार्वजनिक गरेको हो। गीतमा फिल्मको मुख्य अभिनेता सलिनमान बनियाँ र डेब्यू अभिनेत्री मलिका महत फिचर्ड छन्।

भिडियोमा प्रविन सिंहको कोरियोग्राफी छ। सुगम पोख्रेल र मेलिना राईको स्वर रहेको गीतलाई प्रतिक पौडेलले लेखेका हुन्।  फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन्।

फिल्ममा सलिन र मलिकासँगै जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल  विशाल कटवाल, समृद्धि राईलगायतको अभिनय छ।

फिल्ममा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ। फिल्ममा हिमाल केसीको द्वन्द्व र वनिष शाहको सम्पादन छ। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई फिल्मका निर्माता हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell