PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'कलंक'सँगै के अब विदेशी फिल्म शुक्रबार प्रदर्शनमा आउला?



पहिलोपोस्ट

'कलंक'सँगै के अब विदेशी फिल्म शुक्रबार प्रदर्शनमा आउला?

काठमाडौं :  शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मको बुकिङ खुल्ला गरिएको छ।

बलिउड फिल्म 'कलंक'ले मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा २० प्राप्त गरेको छ। अधिकांश सो बुकिङमा नै हाउसफूल हुन थालेको छ। क्यूएफएक्स अन्तर्गतको सिभिलमा २ सो, छायाका ३ सो र लबिमका ५ ओटै सोमा दर्शक अकुपेन्सी भरिन थालेको छ।

पछिल्लो समय बुधबार प्रदर्शन गर्ने भनिएको 'कलंक'लाई सेन्सर स्वीकृति नदिएपछि फिल्म 'विवाद'मा तानिएको थियो। विकास बोर्ड अध्यक्ष केशव भट्टराईले फिल्मको सेन्सर रोकेको वितरकहरुको आरोप थियो। 'कलंक'का नेपाल वितरक मनोज राठीले फिल्मको प्रदर्शन रोक्दा वितरकलाई ठूलो घाटामासमेत हुने बताएका थिए।

उता, बोर्ड अध्यक्ष भट्टराईले हिन्दी फिल्मलाई शुक्रबार प्रदर्शन गर्न स्वीकृति दिँदा निर्माताहरु र केही फिल्मकर्मीबाट प्रशंसासमेत बटुलेका थिए। नेपाली फिल्मलाई विषेश चाडपर्वबाहेक शुक्रबार मात्र प्रदर्शनमा ल्याइन्छ। हिन्दी फिल्मलाई पनि शुक्रबार नै प्रदर्शनमा ल्याउन चलचित्र निर्माता संघको माग थियो।

बोर्ड अध्यक्षले आफ्नो फिल्म हलमा प्रदर्शनरत रहँदा 'कलंक'को बुधबार प्रदर्शन रोकेका थिए। वितरकले व्यकितगत स्वार्थ पूरा गर्न बोर्ड अध्यक्षले फिल्मको प्रदर्शन रोेकेको बताएका थिए। तर, 'कलंक' नेपाली फिल्म प्रदर्शन समयमा नै प्रदर्शनमा आउने भएको छ। यसमा सबैले बोर्ड अध्यक्षलाई क्रेडिट दिइरहेका छन्। 

के बोर्ड अध्यक्षले आगामी दिनमा विदेशी फिल्मलाई शुक्रबार प्रदर्शनमा ल्याउन कसरत गर्लान्?

यो बोर्ड अध्यक्ष भट्टराई, निर्माता संघ, नेपाल चलचित्र संघको छलफल पछि नै सम्भव छ। भट्टराईले आफूहरु चाँडै छलफल गरेर निर्णय गर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell