PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पाकिस्तानमा बस रोकेर १४ जनाको हत्या, दुई जना भाग्न सफल



पाकिस्तानमा बस रोकेर १४ जनाको हत्या, दुई जना भाग्न सफल
फोटो: दैनिक भास्कर

बलूचिस्तान : पाकिस्तानको बलूचिस्तान प्रान्तमा बसमा गोली प्रहार गरी १४ जनाको हत्या गरिएको छ।

बुजी टाँप क्षेत्रको मकरान कोस्टल हाइवेमा १५ देखि २० जनाको समूहमा आएका बन्दुकधारीहरुले ५-६ वटा बस रोक्दै बसमा आक्रमण गरेको बताइएको छ।

दुई जनाले भागेर ज्यान बचाउन सफल भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।

बन्दुकधारीहरुका बारे अहिले सम्म केही पत्ता नलागेको र आक्रमणको कारण पनि थाहा नभएको बताइएको छ।

२०१५ मा पनि बलूचिस्तानमा यस्तै प्रकृतिको आक्रमण भएको थियो। बन्दुकधारीले बस रोकेर २४ जनालाई अपहरण गरी १९ जनाको हत्या गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell