PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

चुनाव प्रचारमा लागेका कारण बंगलादेशका कलाकार फर्दुस अहमेदलाई भारतबाट निकाला



पहिलोपोस्ट

चुनाव प्रचारमा लागेका कारण बंगलादेशका कलाकार फर्दुस अहमेदलाई भारतबाट निकाला

बंगलादेशका कलाकार फर्दुस अहमेदलाई बंगालको चुनाव प्रचारमा लागेका कारण भारत छोड्न आदेश दिएको छ। भारतले फर्दुसका भिसा क्यान्सिल गर्नुकासाथै कलाकारको कालोसुचीमा राखेको छ।

फर्दुस रेइगञ्जमा कंग्रेसको चुनाव क्यापियनमा सक्रिय रुपले सहभागी थिए। 'बंगलादेशी कलाकार टुरिस्ट भिसामा यहाँ आउँदै चुनाव प्रचार गरिरहेका छन्। यस्तो गर्न कानुनले दिँदैन। त्यस्ता कलाकार समातिनुपर्छ' बिजेपीका नेता प्रकाश मजुम्दरले बताए।

लोकसभा चुनावमा अधिकांश बलिउड सेलेब्रेटी पनि उम्मेद्वार छन्। भारतको चुनावमा कयौं कलाकारले चुनाव प्रचारमा उम्मेद्वारलाई साथ दिँदै आएका छन्। 'वीरे दी वेइडिङ' अभिनेत्री स्वारा भास्करले कम्युनिस्ट पार्टीका नेता  कन्हैया कुमारको पक्षमा देखिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell