PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

टिकटकको अपिल भारतीय अदालते गर्‍यो खारेज, एप्पल र गुगलले भारतमा ब्लक गर्‍यो टिकटक



टिकटकको अपिल भारतीय अदालते गर्‍यो खारेज, एप्पल र गुगलले भारतमा ब्लक गर्‍यो टिकटक
फोटो: AFP

नयाँ दिल्ली : एप्पल र गुगलले भारतमा चर्चित म्युजिकल एप 'टिकटक' लाई ब्लक गरेको छ। 

चैत २२ गते मद्राश उच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएको थियो। उच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउन सरकारलाई निर्देशनात्मक आदेश दिएपछि भारत सरकारले गुगल र एप्पललाई आफ्नो सर्भरबाट सो एप हटाउन आग्रह गरेको थियो।

अदालतले टिकटकले बच्चा र युवाहरुमा नकारात्मक प्रभाव पारिरहेको र यसले उनीहरूको भविष्य बिग्रिन सक्नेबारे सचेत गराएको थियो। यस्तै अदालतले टिकटकमार्फत् बनेका भिडियोहरु सञ्चारमध्यम वा अरू कुनै माध्यमबाट प्रसारण नगर्न पनि आदेश दिएको थियो।

२०१६ मा चिनियाँ कम्पनी बाइट डान्सले बनाएको टिकटक पहिला म्युजिकल्ली भनेर चिनिन्थ्यो। विश्वभर यसका ५०० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेका छन्। भारतमा मात्रै करिब १०० मिलियनले टिकटक प्रयोग गरेको अध्ययनले देखाएको छ।

मंगलबार उक्त कम्पनीले अदालतको उक्त आदेश कार्यान्वयन नगर्न अपिल गरेको थियो। तर अदालतले बाइट डान्सको अपिल खारेज गरेपछि एप्पल र गुगलले भारतमा टिकटकमाथि प्रतिबन्ध लगाएको हो।

समाज सुधारमा सरकारको नैतिक दायित्व हुने भन्दै टिकटकमा अश्लील सामाग्रीहरू रहेकोले यसलाई नियन्त्रण नै गर्नुपर्ने अदालतको आफ्नो आदेशमा भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell