PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपालमा खिचिएको 'इन्डियाज मोस्ट वान्टेड'मा अर्जुन कपुरसँगै नेपाली कलाकार फिचर्ड



पहिलोपोस्ट

नेपालमा खिचिएको 'इन्डियाज मोस्ट वान्टेड'मा अर्जुन कपुरसँगै नेपाली कलाकार फिचर्ड

काठमाडौं : नेपालमा छायाँकन गरिएको बलिउड फिल्म 'इन्डियाज मोस्ट वान्टेड'को टिजर सार्वजनिक गरिएको छ। निर्माण युनिटले पोखरामा फिल्मको छायाँकन गरेको थियो।

पछिल्लो समय यो फिल्ममा नेपाली कलाकारको पनि अभिनय रहने चर्चा थियो। टिजरमा बलिउड अभिनेता अर्जुन कपुरसँगै पुलिसको वर्दीमा नेपाली कलाकार देख्न सकिन्छ। रवि गिरीलगायत अन्य नेपाली कलाकार टिजरमा फिचर्ड छन्।  

सत्य घटनामा आधारित फिल्मको टिजरमा पोखराका दृश्य पनि देख्न सकिन्छ। राजकुमार गुप्ता निर्देशित यो फिल्म आगामी मे २४ देखि प्रदर्शनमा आउनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell