PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पल शाहसँग वाचा गर्दै वर्षा सिवाकोटी



पहिलोपोस्ट

पल शाहसँग वाचा गर्दै वर्षा सिवाकोटी

काठमाडौं: जेठ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'वीर बिक्रम २'को नयाँ गीत सार्वजनिक भएको छ। पछिल्लो समय 'पिरतीको मिठो तिर्सना'बोलको गीतबाट चर्चा कमाएको फिल्म निर्माण टिमले 'वाचा'बोलको गीत सार्वजनिक गरेको हो।

संचारकर्मी नरेश भट्टराईले लेखेको गीतमा गायिका दीपा लामा र तारा प्रकाश लिम्बुको स्वर छ। गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटी फिचर्ड छन्।

गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। उदयराज पौडेलले गीतका लागि म्यूजिक एरेन्ज गरेका हुन्। प्रदीप भारद्वाजले लेखेको फिल्म प्रेमकथामा आधारित रहने बताइएको छ। फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्।

फिल्ममा पल र वर्षासँगै अभिनेता नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदीलगायतको अभिनय छ। पहिलोपटक वर्षा र पल यसै फिल्म मार्फत दर्शक माझ देखिँदैछन्। पल र आफ्नो स्क्रिन जोडीलाई दर्शकले रुचाइदिनेमा वर्षा आशावादी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell