PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

हक्की : रमनको ह्याट्रिकमा पुलिसको सहज जित, सेमिफाइनल समिकरण पूरा



पहिलोपोस्ट

हक्की : रमनको ह्याट्रिकमा पुलिसको सहज जित, सेमिफाइनल समिकरण पूरा

नेपालगंज: रमन रानाको ह्याट्रिक मद्दतमा अन्तिम खेल जित्दै नेपाल पुलिस अपराजित रहेर आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हक्कीको सेमिफाईनलमा प्रवेश गरेको छ।

सोमवार मंगल माबिमा भएको अन्तिम लिग खेलमा रमन रानाको चार गोलको मद्दतले पुलिसले प्रदेश २ माथि ६–० को फराकिलो जित निकालेको छ।

खेलको २१औं मिनेटमा टिमलाई अग्रता दिलाएका रमनले ३६औं र ४५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। ह्याट्रिक गरेलगत्तै ४७औं मिनेटमा चौथो गोल गरेपछि उनले टिमलाई मजबूत अवस्थामा पुर्याएका हुन्। यसैगरी टिमका लागि खेलको ३८औं मिनेटमा योगेश कुमार बालझारे र ५३औं मिनेटमा केशवराज जोशीले समान एक–एक गोल थपेका थिए।

प्रदेशह २ को हारपछि आर्मी समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको छ।

समूह ए मा चार अंक रहेको प्रदेश २ का लागि उपबिजेताको रुपमा सेमिफाईनल प्रवेश गर्न पुलिसलाई कम्तिमा पनि ५ गोल अन्तरले हराउनु पर्ने समिकरण बनेको थियो। सेमिफाइनल प्रवेशका लागि उक्त खेलको नतिजामा भर परेको आर्मी पुलिसको जितपछि उपविजेताको रुपमा सेमिफाइनल पुगेको छ।

समूह ए को विजेता पुलिसले समूह बी को उपविजेता सुदूरपश्चिम प्रदेशसंग तथा समूह बी को विजेता प्रदेश ५ ले आर्मीसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

 

सेमिफाइनल खेल

पुलिस र सुदूर पश्चिमाञ्चल प्रदेशबीच बिहान ७ बजे

प्रदेश ५ र आर्मीबीच अपरान्ह ४ बजे

 

बास्केटबल : महिलातर्फको सेमिफाइनल समीकरण पूरा

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५औं राष्ट्रिय महिला बास्केटबलको सेमिफाइनल समीकरण सोमबार पूरा भएको छ। सेमिफाइनल प्रदेश ३ र आर्मी तथा सुदूरपश्चिम प्रदेश र प्रहरीबीच हुने भएको छ।

लिगको अन्तिम दिन प्रदेश ३ ले प्रदेश ५ लाई ४७–१२, आर्मीले प्रदेश ४ लाई ५९–३१, सुदूरले प्रदेश १ लाई ३३–२९ र प्रहरीले एपीएफलाई ५७–३५ ले हराए।

प्रदेश ३ की सदिना श्रेष्ठले १३, आर्मीकी सुमन्ता खड्काले १५, प्रदेश ७ की अनिता भण्डारीले १७ र प्रहरीकी एलिशा मल्लले १५ स्कोर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell