PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'भारत'को पोस्टरमा यस्तो छ सलमान खानको नयाँ अवतार



पहिलोपोस्ट

'भारत'को पोस्टरमा यस्तो छ सलमान खानको नयाँ अवतार

सलमान खानको नयाँ फिल्म 'भारत'को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा उनी फरक अवतारमा प्रस्तुत छन्।

पोस्टरमा उनी कालो चस्मासहित सेता कपाल र दाह्रीसहित फिचर्ड छन्।  अलि अब्बास जफरले ट्वीटरमा उक्त पोस्टर सार्वजनिक गरेका हुन्।

 

पोस्टरमा 'एक व्यक्तीको राष्ट्रसँगैको यात्रा' उल्लेख छ। सलमानको पछिल्लो फिल्म 'रेस थ्री' बक्स अफिसमा प्लप भयो।

यो फिल्मलाई साउथ कोरियन फिल्म 'ओड टू माई फादर'को रिमेक बताइएको छ। फिल्ममा सलमान १६ देखि ६० उमेर समुहको भूमिकामा देखिनेछन्। पोस्टरमा २०१० पनि उल्लेख छ। अब २०१० को कुन घट्नालाई फिल्मले देखाउला त्यो त प्रतिक्षाको विषय हो। 

सलमानको नयाँ अवतारलाई उनका फ्यानले रुचाएका छन्। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell