PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यौन व्यवसायमा संलग्न आरोपमा केन्यामा १२ नेपाली महिला पक्राउ



यौन व्यवसायमा संलग्न आरोपमा केन्यामा १२ नेपाली महिला पक्राउ
फोटो: nation.co.ke

काठमाडौं: १२ नेपाली महिला केन्यामा पक्राउ परेका छन्। त्यहाँको प्रहरीको मानव तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत शनिबार १२ नेपाली पक्राउ परेका हुन्। केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगीला बारमा छापा मारी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले अन्तर्राष्ट्रिय यौन व्यवसाय तथा तस्करीको सिन्डिकेट तोड्ने लक्षित गरी अप्रेसन चलाएको छ। यौन व्यवसायलाई लक्षित गरी हुने मानव तस्करी रोक्न यो अभियान चलाइएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै केन्याका सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय समय अनुसार बिहान चार बजे प्रहरीको छापामा क्लबका सञ्चालकसमेत पक्राउ परेका छन्। उनको साथबाट असिफ अमिराली अलिभाइ जेजेठा नामको राहदानीसमेत बरामद भएको छ। त्यहाँका प्रहरी सहायक कमाण्डेन्ट जोसेफ चेवीले अप्रेसन सफल भएको बताएका छन्। पक्राउ परेका नेपालीहरुको नाम भने खुलाइएको छैन।

प्रहरीले पक्राउ परेका महिलालाई देशको सीमाबाटै पिछा गर्दै गएर पक्राउ गरेको जनाएका छ।

'हामीले दुई हप्तादेखि पिछा गरिरहेका थियौँ। उनीहरु लुंगा-लुंगा सीमाबाट देशमा प्रवेश गरेको खुलेको छ। तर उनीहरु नेपालबाट केन्या कसरी आइपुगे भन्ने विषयमा अनुसन्धान भइरहेको छ,' उनले भने। पक्राउ परेका क्लबका मालिकले कसरी क्यानडाको नागरिकता प्राप्त गरे भन्ने विषयमासमेत अनुसन्धान भइरहेको चेवीले बताए।

'उनी केही समय देखी केन्यामा बस्दै आएका थिए। तर कसरी क्यानडाको राहदानी प्राप्त गरे र यो राहदानी सही हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। हामीले सुरक्षा अंगहरुसँग मिलेर अनुसन्धान गरिरहेका छौँ। यद्यपि उनी क्यानडेली नागरिक होइनन् भन्ने नै हाम्रो निष्कर्ष छ,' उनले भने।

उनका अनुसार प्रहरीले छापा मार्दा पक्राउ परेका महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेका छन्। उनीहरु मानव तस्करीको जालोमा परेर केन्या पुगेको हुन सक्ने उनले बताए। 'हामीलाई लाग्छ उनीहरु अन्तराष्ट्रिय मानव तस्करीको सिकार भएका हुन्,' प्रहरी अधिकारीले भने।

उनीहरुलाई नियाली प्रहरी चौकीमा राखिएको छ। सोमबार उनीहरुलाई मोम्बासाको अदालतमा उपस्थित गराइने छ। प्रहरीले अन्य संधिग्दहरु हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको छ।

केन्या प्रहरीले विभिन्न सुरक्षा अंगसँग सहकार्य गरेर यौनका लागि हुन् मानव तस्करी रोक्न अभियान चलाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell