PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उपेन्द्र यादवलाई सरकार छाडेर आन्दोलनमा आउन कांग्रेसको आग्रह



पहिलोपोस्ट

उपेन्द्र यादवलाई सरकार छाडेर आन्दोलनमा आउन कांग्रेसको आग्रह

काठमाडौं : नेपाली कांग्रेसले संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई सरकार छाडेर आन्दोलनमा उत्रिन आह्वान गरेको छ।

समसमायिक राजनीति र विद्यार्थी आन्दोलन विषयक गोष्ठीमा बोल्दै कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकारकाले कुरा गर्ने काम नगर्ने आरोप लगाए। 'केपी सरकार कुरामात्र गर्छ। काम गर्दैन। चुनाव अघि आकाशपाताल नै जोड्ने कुरा गरे।

राष्ट्रियता त सत्तामा जाने भर्याङ बनाएका रहेछन्। त्यो राष्ट्रियता कूटनीतिक टेबलमा सकियो,' महतले भने, 'अब सरकारविरुद्ध आन्दोलन छेड्नुपर्छ। उपेन्द्र यादवजी चाँडो सरकार छाड्नुपर्यो। एक भएर लड्नुपर्यो।'

उनले सरकारको कामलाई 'न कुखुराको चाल न हाँसको चाल' भन्दै ब्यङ्ग्यसमेत गरे। उनले संस्थागत भ्रष्टाचार बढेको र काण्डैकाण्ड मच्चाएको उल्लेख गर्दै यादवलाई सरकार छोड्न आह्वान गरेका हुन्। उनले आन्दोलनको विकल्प नरहेको बताए। 'नेविसंघ हराएको छैन। नेविसंघले आन्दोलनको नेतृत्व लिन्छ,' उनले भने। उनले चाँडै नै नेविसंघको नेतृत्व टुंगो लाग्ने समेत बताए। सत्ता बाहिर रहेका दल समर्थित ११ विद्यार्थी संगठनले कार्यक्रम आयोजना गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell