PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतको निर्वाचन आयोगले लगायो मोदीको बायोपिकमा रोक, लोकसभा निर्वाचनपछि प्रदर्शनमा आउने



पहिलोपोस्ट

भारतको निर्वाचन आयोगले लगायो मोदीको बायोपिकमा रोक, लोकसभा निर्वाचनपछि प्रदर्शनमा आउने

भारतको निर्वाचन आयोगले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा आधारित बायोपिक 'पीएम नरेन्द्र मोदी' लाई निर्वाचन समाप्त नभएसम्मका लागि प्रदर्शनमा रोक लगाएको छ।

भारतमा भोलि (अप्रिल ११) बाट सात चरण मा लोकसभा निर्वाचन हुँदैछ। मे १९ मा अन्तिम चरणमा निर्वाचन हुनेछ।

आयोगको निर्णय पछि अब 'पीएम नरेन्द्र मोदी' को प्रदर्शन मे १९ पछि मात्रै हुनेभएको छ।

सेन्सर बोर्डले फिल्मलाई 'युनिभर्सल' सर्टिफिकेट प्रदान गरेको थियो।

विपक्षीहरुले फिल्मले निर्वाचनमा प्रभाव पार्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरुले फिल्म मोदीको चुनावी अस्त्र रहेको आरोप लगाउँदै आएका थिए। तर, सर्वोच्चले फिल्ममाथि प्रतिबन्ध लगाउने अधिकार निर्वाचन आयोगसँग रहेको निर्णय सुनाएको थियो।

फिल्ममा नरेन्द्र मोदीको भूमिकामा विवेक ओवरोय छन्। ओवरोयले फिल्ममाथि प्रतिबन्ध लगाउनु पर्ने कारण नभएको तर्क गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell