PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

डुंगा ठोक्किएर ८६० मिटर लामो पुल भत्किँदा ब्राजिलको परा राज्यमा संकटकाल



डुंगा ठोक्किएर ८६० मिटर लामो पुल भत्किँदा ब्राजिलको परा राज्यमा संकटकाल
फोटो : BBC

परा: फेरीडुंगा ठोक्किएपछि ब्राजिलको मोजु नदी माथि बनेको पुल भत्किएको छ।

ब्राजिलको परा राज्यमा पर्ने उक्त नदीमाथि बनेको ८६० मिटर लामो पुलको एक पिल्लरमा डुंगा ठोक्किएपछि बीचको खण्ड भत्किएको हो।

पुलको २०० मिटर खण्ड भत्किँदा ब्राजिलकै व्यस्त बेलेङ बन्दरगाह जान प्रयोग हुने बाटो ठप्प भएको छ। पुल भत्किएपछि हाललाई नदी तर्न सानो डुंगाको व्यवस्था गरिएको छ।

प्रत्यक्षदर्शीहरुले पुल भत्किदा दुई कारहरु नदीमा खसेको बताएका छन्। घटनामा भएको मानवीय क्षतिबारे भने आधिकारीक सूचना दिइएको छैन। गोताखोरहरुले भने नदीमा डुबेकाहरुको खोजीकार्य गरिरहेका छन्।

पुललाई ठक्कर दिएको डुंगामा रहेका पाँच जना भने सकुशल रहेको बताइएको छ।

परा राज्यका गभर्नर एल्डर बाहबाल्योले ट्वीटरमा पुल भत्किएको दृश्य राख्दै राज्यमा संकटकाल घोषणा गरेका छन्।

 

उनले नदीमा डुबीरहेकाहरुको खोजी गर्नु अहिलेको प्राथमिकता रहेको बताएका छन्।  बाहबाल्योले घटनास्थलको प्रत्यक्ष अवलोकन गर्दै त्यहाँँको अवस्थाबारे ट्वीटरबाटै जानकारी दिएका छन्।

प्रहरीले डुंगालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell