PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ला लिगा: रियल मड्रिड पराजित



पहिलोपोस्ट

ला लिगा: रियल मड्रिड पराजित

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिड पराजित भएको छ। रियललाई भ्यालेन्सियाले २-१ ले पराजित गरेको हो।

घरेलु मैदानमा भ्यालेन्सियालाई जिताउन गोन्सालो गुएडेसले ३५औँ र एजेक्वेल ग्रेले ८३औँ मिनेटमा गोल गरे।

करिम बेन्जामाले खेलको अन्त्यतिर एक गोल पर्काएपनि रियलले हार टार्न सकेन।

हारपछि ३० खेलबाट ५७ अंक रहेको रियल तेस्रो स्थानमै यथावत छ र पहिलो स्थानको बार्सिलोनाभन्दा १३ अंकले र दोस्रो स्थानको एट्लेटिको भन्दा ५ अंकले पछि छ।

भ्यालन्सिया भने जितपछि ३० खेलबाट ४६ अंकका साथ पाँचौ स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell