PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

प्रिमियर लिग : टोटनहमका एल्डरवेरल्डले ९०औँ मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुल विजयी, फेरि शीर्ष स्थानमा



पहिलोपोस्ट

प्रिमियर लिग : टोटनहमका एल्डरवेरल्डले ९०औँ मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुल विजयी, फेरि शीर्ष स्थानमा

टोटनहम हट्सपरलाई पराजित गर्दै लिभरपुल फेरि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। गएराती भएको खेलमा लिभरपुलले लण्डन क्लब टोटनहमलाई २-१ ले पराजित गरेको हो।

टोटनहमका टोवी एल्डरवेएरल्ससले ९०औँ मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुलले ३ अंक जोडेको हो। त्यसअघि रोवर्टो फिर्मिनोले १६औँ मिनेटमा गोल गर्द लिभरपुलाई अग्रता दिलाएका थिए। टोटनहमका लागि लुकास मउराले ७०औँ मिनेटमा बराबरी गोल फर्काएका थिए।

जितपछि ३२ खेलबाट ७९ अंक जोडेको लिभरपुलले म्यानचेष्टर सिटीलाई २ अंकले पछि पारेको छ। एक खेल कम खेलेको सिटी ७७ अंकसहित दोस्रो स्थानमा छ।

यस्तै चेल्सीले कार्डिफ सिटीलाई २-१ ले पराजित गर्दै आर्सनल समान अंक जोडेको छ। तर गोलअन्तरमा भने चेल्सी पछि छ र अंकतालिकामा छैटौँ स्थानमा यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell