PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लगानी सम्मेलनमा सीट नपाएपछि झोक्किएर बाहिर निस्किए उद्योगमन्त्री यादव, थामथुम पार्ने प्रयास विफल



अमर बडुवाल

लगानी सम्मेलनमा सीट नपाएपछि झोक्किएर बाहिर निस्किए उद्योगमन्त्री यादव, थामथुम पार्ने प्रयास विफल

काठमाडौंः लगानी सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बस्ने सीट पाएनन्। लगानी सम्मेलनको पत्रकार सम्मेलनमा समेत अनुपस्थित रहेका यादवले आफ्नो सीट नभेटेपछि झोक्किएर हलबाट बाहिर निस्किएका थिए।

उनी झोक्किएर बाहिर निस्किएपछि थामथुम पारेर हलभित्र ल्याउने प्रयास गरिएको थियो। उनी हलभित्र नआएपछि उद्योग सचिव यमकुमारी खतिवडा, वाणिज्यका सचिव केदारबहादुर अधिकारी र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह समेत बाहिरै मन्त्रीसँगै बसेका थिए। मन्त्री यादबसहित उद्योगसचिव र विभागका महानिर्देशक एउटा कुनामा गएर कुराकानी गरेर बसिरहेका छन्।

दुई वर्षअघि भएको लगानी सम्मेलन उद्योगमन्त्रीको संयोजकत्वमा भएको थियो। तर अहिलेको लगानी सम्मेलन अर्थमन्त्री डा. युवराज खतिवडाले नेतृत्व गरिरहेका छन्। यो लगानी सम्मेलनमा उद्योग मन्त्रालयको भूमिका छैन। अर्थमन्त्रालय र लगानी बोर्डलेनै सबै भूमिका निभाइरहेका छन्।


प्रधानमन्त्री ओली र उद्योगमन्त्री यादवबीच क्याबिनेटमै चर्काचर्की: विधेयकको फाइल फालाफाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell