PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन: पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका– १ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

आज बिहान करीब साढे ९ बजे पूर्वदिशाबाट आइरहेको ना४ख ९९८१ नं को ट्रकले विपरीत दिशामा गइरहेको ग१४प ५५७२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला जुगेडी नगरपालिका–८ का ४० वर्षीय होमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकलमा सवार मृतक होमबहादुरकी ३० वर्षीया श्रीमती कोमली मगर र आठ वर्षीय छोरा लीलाबहादुर पुलामी दुर्घटनामा घाइते भएका छन्। उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज (सिएमएस) मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए। 

घाइतेको अवस्था सामान्य छ। ठक्कर दिने ट्रकका चालक ट्रकसहित फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell