PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओलीले आवेदन थालेको त्रिशुलीमा शेयरका लागि ६४ हजार ७३७ वटा आवेदन



प्रधानमन्त्री ओलीले आवेदन थालेको त्रिशुलीमा शेयरका लागि ६४ हजार ७३७ वटा आवेदन

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले शुरुमै आवेदन दिएको त्रिशुली जल विद्युत कम्पनी लिमिटेडको शेयरमा ६४ हजार ७३७ वटा आवेदन परेको छ। कुल २६ करोड ७५ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो। यो प्रतिकित्ता १० रुपैयाँको हिसाब हो। कम्पनीले नौं महिनापछि बाँकी ९० रुपैयाँ उठाउने छ।

कम्पनीमा परेको कुल आवेदनमध्ये ३९ हजार ८०७ वटा रुजु भइसकेका छन्। २४ हजार ३७१ वटा रुजु हुन बाँकी छन् भने ५५९ वटा रद्द भएका छन्।

कुल ५८ लाख ९३ हजार ६०० सय रुपैयाँको शेयर आवेदन रद्द भएको हो। यो अन्तिम दिनको तथ्यांक हो।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले यसको ब्यवस्थापन गरिरहेको छ। कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोड रुपैयाँ रहेको छ। 

अधिकृत पूँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ सर्वसाधारणको लागि छुट्टाएको छ। सर्वसाधारणको लागि छुट्टाएको मध्ये तीन प्रतिशत अर्थात एक करोड ११ लाख १५ हजार रुपैयाँ कर्मचारीहरुको लागि सुरक्षित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell