PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रतिबन्धित नेकपाका नवलपरासी इञ्चार्ज पक्राउ



प्रतिबन्धित नेकपाका नवलपरासी इञ्चार्ज पक्राउ

परासी : प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नवलपरासी जिल्ला इञ्चार्ज पक्राउ परेका छन्। प्रहरीले सोमबार राति जिल्ला इञ्चार्ज  सुमन ज्ञवालीलाई पक्राउ गरेको हो। 

उनीसँगै अर्का नेता धनबहादुर मर्दनिया पनि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पूर्वका प्रवक्ता अर्जुन रानाभाटका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ। 

तत्कालीन एकीकृत नेकपा माओवादीका नवलपरासी जिल्ला कार्यालय सचिवसमेत रहेका ज्ञवाली ए नेकपा माओवादी विभाजनपछि मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा सामेल भएका थिए। 

वैद्य समूहबाट विप्लवले पार्टी फुटाएसँगै उनी विप्लव नेतृत्वको नेकपामा सामेल भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell