PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइपीएल : गेलको अर्धशतकमा पञ्जावको विजयी सुरुवात, बटलरको अर्धशतकले राजस्थानलाई जिताउन सकेन



पहिलोपोस्ट

आइपीएल : गेलको अर्धशतकमा पञ्जावको विजयी सुरुवात, बटलरको अर्धशतकले राजस्थानलाई जिताउन सकेन

क्रिस गेलको अर्धशतक, जोस बटरलरको अर्धशतक, बटरको रनआउट अनी लोकेश राहुलको शानदार क्याच।

नतिजा किंग्स ११ पञ्जाव १४ रनले विजयी।

इन्डियन प्रिमिर लिग आइपीएल अन्तर्गत १२औँ संस्करणको चौथो खेलको विशेषता हो यो।

राजस्थानको घरेलु मैदान जयपुरमा सोमबार भएको खेलमा युनिभर्सल बोस क्रिस गेल र वोस बटलरले अर्धशतक प्रहार गरे। तर पञ्जावको कप्तान रवीचन्द्रन आश्विनले बटलरलाई गरेको रनआउटले सबैको ध्यान तान्यो। यस्तै पञ्जावका लोकेश राहुलले राजस्थानका स्मिथलाई आउट गर्न शानदार क्याच गरे।


पञ्जावले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले शानदार सुरुवात गरेको थियो। पहिलो विकेटका लागि कप्तान अजिन्का रहाने र जोस बटरले ८.१ ओभरमा ७८ रनको साझेदारी गरेका थिए। रहानेले २७ रन बनाए।

त्यसपछि बटरले सन्जु सामसनसँग गतिलो साझेदारी गरिरहेका थिए। तर १३औँ ओभरको पाँचौ बलमा आश्विनले बल नफाली नन-स्ट्राइकर एन्डमा रहेका बटलरलाई रनआउट गरे। यसले केही कन्ट्रोभर्सी समेत सिर्जना गर्‍यो।

१२.५ ओभरमा राजस्थान १०८ रको अवस्थामा थियो। जितका लागि ५० बलमा ७७ रन आवश्यक थियो। तर त्यसपछि राजस्थानले निरनतर अन्तरमा विकेट गुमायो र खेल हार्न पुग्यो। राजस्थानका लागि बटलरले ४३ बल खेल्दै १० चौका र २ छक्काको मद्दतमा ६९ रन बनाए। सामसनले ३० र स्टिभ स्मिथले २० रन जोडे।

पञ्जावका लागि साम कुरान, मुजिव रहेमान र अंकित राजपुतले २-२ विकेट लिए।


त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले गेलको अर्धशतक मद्दतमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो। ओपनर गेलले ४७ बल खेल्दै ८ चौका र ४ छक्काको मद्दतमा ७९ रन बनाए। अर्का ओपनर लोकेश राहुललाई पहिलो ओभरमै ४ रनमा गुमाएपनि गेलले मायांक अग्रवालसाग दोस्रो विकेटका लागि ५६ र सफ्राज खानसँग तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गरे।

अग्रवालले २२ रन बनाए। सफ्रराजले २९ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा नटआउट ४६ रन बनाए। बलिङमा राजस्थानका बेन स्टोकले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell