PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

चिनियाँ रेल काठमाडौं ल्याउने विषयमा चौथो बैठक चीनमा, लगानीबारे छैन प्रस्टता



पहिलोपोस्ट

चिनियाँ रेल काठमाडौं ल्याउने विषयमा चौथो बैठक चीनमा, लगानीबारे छैन प्रस्टता

 

काठमाडौं : बहुप्रतिक्षित केरुङ-काठमाडौं रेल परियोजना अघि बढाउने विषयमा चौथो बैठक चीनमा हुने भएको छ। 

चीनमा हुने बैठकका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीसहितको टोली चीन जान लागेको छ। 

रेल विभागका महानिर्देशक बलराम मिश्रले आगामी अप्रिलभित्रै बैठक बसेर रेलमार्गलाई कसरी अघि बढाउने भन्ने प्रारुप तयार पार्न लागिएको जानकारी दिए। बैठक  मार्चमै बस्ने भनिए पनि एक महिना सरेको हो। 

चीनका तर्फबाट राष्ट्रिय रेलवे प्रशासनका प्रमुखले नेपाली पक्षसँग छलफल गर्नेछन्। बैठकमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण प्रक्रिया अघि बढाउने र कस्तो मोडालिटी तय गर्ने भनेर निर्णय हुनेछ। त्यसका लागि अहिले नेपालका तर्फबाट कस्तो मोडालिटी तय गर्ने भनेर रेल विभागले गृहकार्य गरिरहेको छ। 

प्रारम्भीक अध्ययन ७ महिना अघि तयार भइसकेको छ। नेपालले डिपिआर र  निर्माणमा लगानी कति गर्ने  भन्ने विषयमा निर्णय गर्न नसक्दा रेल परियोजना अघि बढ्न सकेको छैन। 

'चीनले रेलमार्गको अध्ययन र निर्माणमा नेपालले कुल लागतको ३० प्रतिशत लगानी गरोस् भन्ने चाहेको छ। तर, नेपालले आफूले गर्नसक्ने लगानीबारे निर्णय दिन सकेको छैन,' रेल विभागका एक अधिकारीले भने। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने एक महिनाभित्र लगानीबारे निर्णय गरिसक्ने जनाएको छ।

केरुङ-काठमाडौं रेलमार्ग करिब ७२ किलोमिटरको हुनेछ। निर्माण लागत २ खर्ब ५६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने सिगात्सेबाट केरुङ हुँदै काठमाडौंसम्म रेलमार्ग जोड्नका लागि ९ वर्ष समय लाग्ने अनुमान गरिएको छ। चिनियाँ रेल काठमाडौं ल्याउनका लागि सिगात्सेबाट केरुङसम्म ल्याउनुपर्छ। चीनले सन् २०२२ सम्ममा केरुङसम्म रेल ल्याउने योजना बनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell