PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेसमा भावनात्मक एकताको खाँचो : महामन्त्री कोइराला 



कांग्रेसमा भावनात्मक एकताको खाँचो : महामन्त्री कोइराला 
फाइल फोटो

बर्दिया: नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफूले कांग्रेसमा भावनात्मक एकताका लागि अभियान थालेको बताएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनपछि ठाकुरबाबा नगरपालिकामा कांग्रेस नेता कार्यकर्ताहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले मुलुकमा कम्युनिष्टहरु एक भएको अवस्था कांग्रेसमा भावनात्मक एकता नभई नहुने बताए। उनले आफूले कांग्रेसमा भावनात्मक एकताको अभियान थालेको भन्दै आम नेता कार्यकर्ताहरुलाई साथ दिन पनि अपिल गरे। 

‘मुलुक कम्युनिष्टमय भएको छ। यो अवस्थामा कांग्रेसमा भावनात्मक एकता भएन भने लोकतन्त्रमाथि पनि खतरा छ। त्यसैले अब कांग्रेसमा भावनात्मक एकता जरुरी भइसक्यो। मैले त्यही भएर कांग्रेसमा भावनात्मक एकता गराउने अभियान सुरु गरेको हो,’ कोइरालाले भने।

कम्युनिष्टहरु निरकुशतातर्फ अगाडि बढेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीले सेनालाई आफ्नो मताहतमा राखेर निरकुशता तर्फ उन्मुख हुन लागेको बताए। कोइरालाले थपे,‘राजनीतिबाट मुक्त रहेको नेपाली सेनालाई प्रधानमन्त्री मताहतमा ल्याएर सेनामाथि नियन्त्रण गर्न खोजिदै छ। यसले मुलुकको लोकतन्त्रमाथि खतरा सुरु भएको छ।’ उनले सरकारले मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको पनि बताए। कोइरालाले नेत्रबिक्रम चन्द नेतृत्वको असन्तुष्टिलाई समयमा नै समाधान गर्नुको साटो प्रतिबन्ध लगाएर मुलुकलाई द्वन्द्वमा फसाउन सरकार लागेको तर्क गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell