PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सलिनमान बनियाँ :अनमोल केसीसँग हारुँला तर भाग्दिन



पहिलोपोस्ट

सलिनमान बनियाँ :अनमोल केसीसँग हारुँला तर भाग्दिन

काठमाडौं: अभिनेता सलिनमान बनियाँले 'ए मेरो हजुर २'बाट फिल्ममा डेब्यू गरेका थिए। फिल्मबाट उनले आफ्नो अभिनयको सकारात्मक प्रतिक्रियासमेत बटुलेका थिए।

उनी अहिले फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग'को प्रचारमा व्यस्त छन्। यो उनको दोस्रो फिल्म हो। फिल्ममा उनी भ्लगरको रुपमा देखिएका छन्।  नवनियुक्त विकास बोर्डका अध्यक्ष केशव भट्टराईले निर्माण गरेको यो फिल्म चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ। उक्त मितिमा नै 'ए मेरो हजुर'को तेस्रो संस्करण प्रदर्शनमा आउँदैछ।

फिल्ममा अनमोल केसीको अभिनय छ। झरना थापाले नै फिल्ममा डेब्यू गराएका सलिनको दोस्रो फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग', 'ए मेरो हजुर ३'सँग एउटै मितिमा भिड्दै छ। अब चैत २९ मा सलिन र अनमोलमा कसले बाजी मार्ला त्यो त पछि नै थाह हुने कुरा हो।

आफूले डेब्यू गरेको फिल्मको संस्करणसँग 'यात्रा : अ म्यूजिकल भ्लग' भिड्नुलाई सलिनले कसरी लिएका छन्?

'प्रतिस्पर्धा त हो। जित्ला कि हार्ला प्रेसर त छ। म हार्छु, तर भाग्दिन। मेरो प्रतिस्पर्धी पनि नम्बर वान हो नि त। यसअर्थमा हार्नु ठूलो गुमाउनु होइन।' उनले घुमाउरो शैलीमा नम्बर वान कलाकार अनमोलसँग हार्नुलाई पनि राम्रै रहेको बताए।

फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग'को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले यो कुरा गरेका थिए। सम्राट शाक्यले निर्देशन गरेको ट्रेलरमा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्यको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell