PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आठ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्दा समातिए भारतीय



पहिलोपोस्ट

आठ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्दा समातिए भारतीय

ललितपुर : ललितपुरको लभु बस्दै आएकी ८ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोजेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

चैत ६ गते होलीका दिन भारत बिहार बस्ने ३७ बस्ने रञ्जन मण्डलले बालिकालाई फकाएर करिब १० मिनेट पर निर्माण हुँदै गरेको भवनमा लगी जबर्जस्ती गर्ने प्रयास गरेको महानगरीय प्रहरी प्रभाग सातदोबाटो वृत्तका डीएसपी गौमत मिश्रले बताए।

बालिका बस्दै आएको घरमै विगत केही समयदेखि मण्डल आफ्नो साथीको कोठामा सँगै बस्दै आएका उनले बताए। मण्डल कामको खोजीमा उपत्यका भित्रिएका थिए।

घटनाका बारे उजुरी पर्ने बित्तिकै प्रहरीले मण्डलको खोजी गरेको थियो। घटनाका दिन मण्डल आफू बस्दै आएको कोठामा नआएको बताइएको छ। प्रहरीले आइतबार बिहानै मण्डललाई पक्राउ गरेको छ।

बुधवार बेलुकी मण्डलले बालिकालाई पसल लग्ने भन्दै फकाएर आफूसँगै लगेको बालिकाका आफन्त बताउँछन्। डराएकी बालिकाले पहिला आफ्ना परिवारलाई घटनाबारे बताएकी थिइनन्। केही दिनपछि आमाले बालिकाले लगाएको चप्पलबारे सोध्दा बालिकाले आफ्नी आमालाई सबै कुरा भनेको र त्यसलगत्तै उनीहरुले प्रहरीमा उजुरी गरेका थिए। निर्माण हुँदै गरेको भवनमा आफूले लगाएको लूगाहरु खोल्न थालेपछि बालिका सो स्थानबाट भागेर घर आउन सफल भएको उनीहरु बताउँछन्।

प्रहरीले पनि बालिकासँग लिएको बयानमा बालिकाले आफूलाई मण्डलले फकाएर लगेको र लुगा खोल्न थालेपछि भागेको बताएकी छिन्।

प्रहरीले बालिकाको मेडिकल परीक्षण गर्ने प्रक्रिया सुरु गरेको छ।

बालिकामाथि कुकृत्य गर्ने प्रयास गर्ने व्यक्ति छुटे उसको मनोबल बढ्ने भन्दै पीडित पक्षले मण्डलमाथि कडा कारवाही हुनुपर्ने माग गरेका छन्।

प्रहरीले मण्डलमाथि म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell