PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हुने भयो 'नेपाल हिरो अफ ट्यालेन्ट'



पहिलोपोस्ट

हुने भयो 'नेपाल हिरो अफ ट्यालेन्ट'

काठमाडौं:  गायन र नृत्यलगायत अन्य प्रतिभा समेटिने रियालिटी सो 'नेपाल हिरो अफ ट्यालेन्ट' हुने भएको छ।

एन्जल मिडियाले आयोजना गर्ने सोमा ७७ ओटै जिल्लाको प्रतिनिधित्व हुने गरि १४ ओटा मुख्य स्थानमा अडिसन गर्ने आयोजकले जनाएको छ।

अडिसनबाट छनोट भएकालाई काठमाडौंमा जज राउण्ड र भोटिंग राउण्डमा समावेश गराई विजेता घोषणा गरिने बताइएको छ। प्रथम हुनेलाइ नगद ७० लाख, दोस्रोलाई २० लाख र तृतीयलाई १० लाख प्रदान गरिनेछ।

सोमा गायक आनन्द कार्की, संगीतकार ओम प्रकाश राई  र अभिनेत्री एलिना बास्कोटा निर्णायक रहेनेछन्। चैत २५ गतेदेखि अडिसन सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell