PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइपीएल : रिसभ पन्तको विष्फोटक ब्याटिङमा दिल्लीको विजयी सुरुवात



पहिलोपोस्ट

आइपीएल : रिसभ पन्तको विष्फोटक ब्याटिङमा दिल्लीको विजयी सुरुवात

काठमाडौँ : युवा ब्याट्सम्यान रिसव पन्तले विष्फोटक ब्याटिङ गर्दै ७८ रन बनाएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको छ।

नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई नखेलाएपछि दिल्लीले उत्कृष्ट ब्याटिङ गर्दै २१३ रन बनाएको थियो। त्यसपछि मुम्बईलाई १७६ रनमा अलआउट गर्दै विजयी सुरुवात गरेको हो।

मुम्बईको घरेलु मैदान वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो। दिल्लीका लागि रिसभ पन्तले २७ बल खेल्दै ७ चौका र ७ छक्काको मद्दतमा नटआउट ७८ रन बनाए। यस्तै कोलिन इनग्रामले ४७ र शिखर धवनले ४३ रन बनाए।

मुम्बईका मिचेल म्याक्लेघानले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए।

जवाफमा २१४ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको मुम्बई ४ बल अगाडि नै १७६ रनमा अलआउट भयो। मुम्बईका लागि युवराज सिंह अर्धशतक प्रहार गरेपनि जिताउन पर्याप्त भएन। युवराजले ३५ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५३ रन बनाए। यस्तै क्रुनल पाण्ड्याले ३२ र क्वेन्टन डे ककले २७ रन बनाए। दिल्लीका लागि इशान्त शर्मा र कगिलसो रवाडाले २-२ विकेट लिए।

आइपीएल अन्तर्गत आज किंग्स ११ पञ्जाव र राजस्थान रोएल्सबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell