PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जनतालाई पानी नदिने प्रधानमन्त्रीले पानी जहाजको सपना बाँड्दै हिँडेका छन् : रामचन्द्र पौडेल



जनतालाई पानी नदिने प्रधानमन्त्रीले पानी जहाजको सपना बाँड्दै हिँडेका छन् : रामचन्द्र पौडेल
फाइल फोटो

सर्लाही: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनतालाई पानी नदिएर पानी जहाजको सपना देखाउन थालेको आरोप लगाएका छन्। पूर्वी जिल्लाको भ्रमणका क्रममा आज सर्लाही पुगेका नेता पौडेलले कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै भने, 'प्रधानमन्त्री केपी आली पानी जहाज भन्दै हुनुहुन्छ। तर हामी मधेशका जनतालाई पानी चाहिएको छ। प्रधानमन्त्री पानी जहाज भन्दै हिड्नुभएको छ। मधेशमा सिंचाईका लागि पानी आवश्यक छ। मधेशमा सिंचाईको व्यवस्था गरेर कृषि क्रान्ति गर्न सके मुलुक आत्म निर्भर बन्छ।'

पौडेलले कांग्रेस र मधेशको सम्बन्ध प्रगढ रहेको उल्लेख गर्दै आफूले मधेशमा सक्दो सहयोगसमेत गरेको स्मरण गरे। भने, 'मधेशप्रति कांग्रेस अनुदार भयो भन्नेहरु छन्। मलाई याद छ। म मन्त्री भएको बेलामा लाखौ मेट्रिकटन खाद्यन्न लिएर मधेश आएको थिएँ।' 

मधेशवासीको सुख दुःखमा साथ दिनका मधेशका जिल्लाहरुमा आइपुगेको उल्लेख गर्दै उनले कांग्रेस विकासमासमेत अघि रहेको दाबी गरे। 'संविधानले थुप्रै अधिकार दिएका छन्। हुलाकी राजमार्ग नेपाली कांग्रेसका पालामा भएको हो। चुरेको संरक्षण होस भन्ने हामीले चाहेका छौ। मधेशको हितका लागि चुरे संरक्षण आवश्यक छ,' पौडेलले भने।

उनले पछिल्लो समय पार्टीभित्र गुट नरहेको बताउँदै एकता सन्देश लिएर मधेश यात्रामा निस्केको प्रष्टाए। भने, 'पार्टीभित्रको एकताको सन्देश लिएर म मधेश आएको हुँ। पार्टीमात्र होइन मधेश र पहाडको एकतालाई बलियो बनाउनका लागि म मधेश आएको हुँ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell