PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साफ महिला च्याम्पियनसिप : डालिमा 'मोस्ट भ्यालुएबल प्लेअर', सावित्रा र इन्दुमती सर्वाधिक गोलकर्ता



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : डालिमा 'मोस्ट भ्यालुएबल प्लेअर', सावित्रा र इन्दुमती सर्वाधिक गोलकर्ता

विराटनगर : घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै पाँचौ साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। भारतले यो लगातार पाँचौ साफ उपाधि हो। नेपाल भने चौथो पटक उपविजेता बनेको छ।

यस्तै प्रतियोगितामा बंगलादेशले फेयर प्लेको अवार्ड हात पारेको छ भने व्यक्तिगत विधातर्फ भारत र नेपालका खेलाडीले अवार्ड पाए।

भारतकी डालिमा छिब्बर मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन्। यस्तै भारतकै इनुदमति र नेपालमी सावित्रा भण्डारीले सर्वाधिक गोलकर्ताको अवार्ड संयुक्त रुपमा जिते।

दुवैल ४-४ गोल गरेका थिए। फाइनलमा डालिमाले गोल गर्दै भारतलाई अग्रता दिलाउँदा नेपालका लागि सावित्राले नै बराबरी गोल फर्काएकी थिइन्।

यस्तै सावित्राले समूह चरणमा भुटान र बंगलादेश अनी सेमिफाइनलमा श्रीलंका विरुद्ध १-१ गोल गरेकी थिइन्।

यस संस्करणको साफमा चार गोल गरेकी सावित्राले नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पूर्व कप्तान जमुना गुरुङलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेकी छिन्। भारत विरुद्ध गोल गरेपछि सावित्राको अन्तर्राष्ट्रिय गोल संख्या २६ पुगेको छ।

नेपालको लागि सर्वाधिक गोल गर्ने कीर्तिमान भने अनु लामाको नाममा छ। उनले ३५ गोल गरिसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell