PahiloPost

Jul 15, 2019 | ३० असार २०७६


स्वास्थ्य बीमा नियमावली मन्त्रिपरिषद्बाट पारित, मेडिको लिगल सेवा निर्देशिका स्विकृत


स्वास्थ्य बीमा नियमावली मन्त्रिपरिषद्बाट पारित, मेडिको लिगल सेवा निर्देशिका स्विकृत

काठमाडौं: मन्त्रिपरिषदको बैठकले स्वास्थ्य बीमा नियमावली पारित गरेको छ। सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य बीमा नियमावली पारित गरेको बताएका हुन्। 

संविधानको भाग ३ अन्तर्गत मौलिक हक कर्तव्य अन्तर्गतको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक कायम गरिएको छ। त्यसको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको छ।

त्यस्तै चिकित्सकीय कानुनी (मेडिको लिगल) सेवा सञ्चालन निर्देशिका, २०७५ पनि मन्त्रिपरिषद बैठकले स्विकृत गरेको छ।



स्वास्थ्य बीमा नियमावली मन्त्रिपरिषद्बाट पारित, मेडिको लिगल सेवा निर्देशिका स्विकृत को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट