PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विदेशी फिल्म बिहीबार नै प्रदर्शनमा, निर्माता संघ भन्छ 'विदेशी फिल्म पनि शुक्रबार नै रिलिज हुनुपर्‍यो'



पहिलोपोस्ट

विदेशी फिल्म बिहीबार नै प्रदर्शनमा, निर्माता संघ भन्छ 'विदेशी फिल्म पनि शुक्रबार नै रिलिज हुनुपर्‍यो'

काठमाडौं: यो साता शुक्रबार दुई नेपाली फिल्म प्रदर्शनमा छन् 'कागजपत्र' र 'प्रेमलीला'। नेपाली फिल्म प्रदर्शन अगावै बिहीबार नै दुई बलिउड फिल्म भने नेपाल प्रदर्शनमा आएको छ।

अक्षय कुमार अभिनित 'केसरी' र 'मर्दको दर्द नहीँ होता'ले मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा अत्याधिक सो पनि पाएको छ। 'केसरी'लाई १५ र 'मर्दको दर्द नहीँ होता'लाई ४ सो पाएको छ। समिक्षात्मक प्रतिक्रियाले पनि 'केसरी'लाई प्रतिक्षित बनाएको छ। बलिउड फिल्मले शुक्रबार प्रदर्शनमा आउने दुई नेपाली फिल्मलाई प्रभाव पक्कै पार्छ।

नेपालमा विदेशी फिल्म बिहीबार प्रदर्शनमा आए पनि नेपालीले भने प्रदर्शनका लागि शुक्रबार नै कुर्नपर्ने हुन्छ। यसले शुक्रबार फिल्म प्रदर्शन गर्ने निर्मातालाई कस्तो असर गर्छ?

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पहिलोपोस्टलाई भने 'चलचित्र संघ र चलचित्र निर्माता संघको सम्झौता अनुसार नेपाली फिल्म शुक्रबार रिलिज गर्नुपर्ने हो। हामी निर्माताका लागि जुनदिन फिल्म रिलिज भए पनि राम्रो हो। तर, यहाँ विदेशी फिल्म चाहिँ अन्य बारमा प्रदर्शनमा ल्याउँछ। शुक्रबार बाहेकका दिनमा विदेशी फिल्मको रिलिज पनि रोक्नुपर्छ। नेपालीले चाहिँ नपाउने विदेशीले किन पाउने?'

विदेशी फिल्म पनि शुक्रबार नै प्रदर्शनमा ल्याउनुपर्ने संघको माग रहेको उनले बताए। 'एउटा हप्ता शुक्रबार रिलिजले अर्को हप्ता रिलिज हुने फिल्मको निर्माताले एक हप्ता पाउँछ। कमसेकम निर्मातालाई एक हप्ताको राहत हुन्छ,' उनले भने 'त्यसैले गर्दा नेपाली फिल्म शुक्रबार रिलज गर्ने सम्झौता भयो। तर, विदेशी फिल्म बीचमा पनि रिलिज हुन्छ। विदेशी फिल्म पनि शुक्रबार नै रिलिज हुनुपर्‍यो।'

दुई बलिउड फिल्मसँग नजिर हुसेन अभिनित 'कागजपत्र' र दीपशिखा खड्का अभिनित 'प्रेमलीला'को प्रतिस्पर्धा कस्तो रहला त त्यो त शुक्रबारपछि नै थाह हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell