PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट



पहिलोपोस्ट

भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

चितवनः भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ। विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए।

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो। विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ।

घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए। राठौरले विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell