PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सीके राउतसँगको सम्झौताको बुँदा २ बारे संसदमा चर्काचर्की, भीम रावलप्रति इंगित गर्दै महेश बस्नेतले भने, 'सेलिब्रेटी नेतालाई ज्वरो आएको छ'



सीके राउतसँगको सम्झौताको बुँदा २ बारे संसदमा चर्काचर्की, भीम रावलप्रति इंगित गर्दै महेश बस्नेतले भने, 'सेलिब्रेटी नेतालाई ज्वरो आएको छ'

काठमाडौं: प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलका नेताहरुले स्वतन्त्रत मधेश गठबन्धनका संयोजक डा.सीके राउतसँग भएको सम्झौताको कारण माग गर्दै जनमतसंग्रहको स्पष्टीकरण माग गरेका छन्।

आजको प्रतिनिधि सभाको बैठकमा दुबै पक्षका सांसदहरुले जनमतसंग्रहको विषय विवादित भएको भन्दै सरकारसँग स्पष्ट पार्न माग गरेका छन्।

प्रमुख प्रतिपक्षी दलका सांसदहरु गगन थापा र डा.मिनेन्द्र रिजालले जनमतसंग्रह बारे स्पष्ट गर्न सरकारसँग माग गरे।

‘बुँदा नम्बर दुईमा शंका उठेको छ। नेपाल अभिभाज्य हो। जनमतसंग्रह गराउने सहमति भएको भनेर भनेको छ। यसबारे स्पष्टता चाहियो,’ डा.रिजालले संसदमा भने।

यसैगरी नेकपाका नेता एवं सांसद भीम रावलले पनि सम्झौतामा जनमत संग्रहको कुरा आएकोले यसबारे स्पष्ट गर्न माग गरे।

उनले पुनः अर्को वक्तव्य जारी गरेर यस विषयमा स्पष्ट गर्नु पर्ने माग गरे।

ने क पाका सांसद महेश बस्नेतले भने सरकारको बचाउ गर्दै बुँदा २ मा जनमत संग्रह नै नभएको दाबी गरे। बस्नेतले भने, 'यसलाई दुईवटा पक्षले रुचाएको छैन। डलरबादीहरुले यसलाई विरोध गरेका छन्। सेलिब्रेटी नेताहरुलाई ज्वरो आएको छ। हामीले सिटामोल खुवाएपछि ठीक हुनुहुनेछ। दुई नम्बर बुँदामा कहाँ जनमतसंग्रह छ? त्यस विषयमा छलफल गर्न तयार छौं।'

सम्बन्धित समाचार

यस्तो छ सरकार र सीके राउतको गठबन्धनबीच भएको ११ बूँदे सहमतिको पूर्णपाठ

के सीके राउत र सरकारबीच जनमत संग्रह गर्ने सहमति भएको हो? ११ बूँदे सहमतिको विश्लेषण



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell