PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

जब सिडिओले प्रहरी प्रमुखलाई फोन गर्दै सोधे, प्रदेश सांसद अपहरण भएको भन्ने खबर छ, कुरो के हो?



पहिलोपोस्ट

जब सिडिओले प्रहरी प्रमुखलाई फोन गर्दै सोधे, प्रदेश सांसद अपहरण भएको भन्ने खबर छ, कुरो के हो?
देवकी मल्ल

काठमाडौः शुक्रबार दिउँसो साढे २ बजेतिर जिल्ला प्रहरी कार्यालय बझाङमा फोन आयो।

‘बझाङ प्रदेशसभा सांसद देवकी मल्लको अपहरण भएको भन्ने खबर छ। कुरा के हो बुझ्नु होला,‘ फोन गर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) थिए।

उनको फोन उठाएका थिए जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रवीण धितालले। सांसदकै अपहरण भएको खबर आएपछि प्रहरीले टोली गठन गरेर खोजी गर्नतर्फ लाग्यो। प्रहरी लगायत सम्बन्धित व्यक्तिहरुले सांसद मल्लको नम्बरमा बारम्बार फोन गरे, तर सम्पर्क भएन।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सांसद मल्लको अपहरण गरेको खबर सबैतिर फैलिसकेको थियो। प्रहरीलाई झनै चुनौति थपियो। प्रहरीले हरेक सूत्रबाट सांसदको खोजी गर्‍यो।

करिब ४ बजेतिर बल्ल  सांसद मल्ल भेटिइन्।

बझाङको सुनगुडा भन्ने ठाउँमा कार्यक्रम गरिरहेको जानकारी प्रहरीले पायो। डिएसपी धितालले भने,’ हामीले खोजी गर्दा कार्यक्रम गरिरहेको अवस्था रहेको जानकारी पायौँ। उहाँसँग मेरो फोनमा कुरा भएको थियो। सकुशल छु, कार्यक्रम गरेर फर्किदैछु भन्नु भएको छ।‘

सांसद मल्लको अपहरणबारे खुल्न सकेको छैन। अपहरण भए नभएको पुष्टि समेत छैन। सांसद मल्लले प्रहरीसँग बयान दिएपछि थप खुल्ने प्रहरीको भनाइ छ।

यता, विप्लव समूहका सेती ब्युरो इन्चार्ज सिकन्दरले विज्ञप्ति जारी गर्दै अपहरण गरिएको भनिएको घटनासँग पार्टीको संलग्नता अस्वीकार गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell