PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

पिएसएलको बाँकी खेल खेल्न कराँची पुगे सन्दीप लामिछाने, भोली इस्लामावद विरुद्ध खेल्ने



पहिलोपोस्ट

पिएसएलको बाँकी खेल खेल्न कराँची पुगे सन्दीप लामिछाने, भोली इस्लामावद विरुद्ध खेल्ने
lahoreqalandars

काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पिएसएल खेल्न लाहोर कलन्दर्स टोलीसँगै पाकिस्तान पुगेका छन्।

युएईमा पिएसएलको २६ खेलपछि बाँकी खेल खेल्न सहभागि ६ वटै टोली पाकिस्तान गएका हुन्। सन्दीपसँगै नेपाली टोलीका म्यानेजर रमन शिवाकोटी पनि कराची पुगेका छन्।

अब प्लेअफसहित बाँकी रहेका ८ खेल पाकिस्तानको कराँचीमा हुनेछ। यसअघि ६ खेल कराची र २ खेल लाहोरस्थित गद्दाफी स्टेडियममा हुने भनिएपछि प्राविधिक कारणले लाहोरको खेल पनि कराँची नै सारिएको हो।

लिग चरणमा अब ४ खेल बाँकी छ। जसअन्तर्गत सन्दीपको लाहवरले २ खेल खेल्न बाँकी छ। लाहोरले भोली इस्लामावाद युनाइटेडसँग खेल्दैछ।

८ खेलपछि ३ खेल मात्र जितेको लाहोर ६ अंकसहित अंक तालिकाको पाँचौ स्थानमा छ। शीर्ष चारमा रहँदै प्लेअफ पुग्न लाहोरलाई इस्लामावाद विरुद्धको खेल गर या मरको अवस्थामा छ। लाहोरले अन्तिम लिग खेल सोमवार मुल्तान सुल्तानसँग खेल्नेछ।

पिएसएलको डेब्यु लिगमै युवा लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। अष्ट्रेलियन बिग बास लिग खेलिरहेका कारण सन्दीपले लाहोरको सुरुवाती तीन खेल भने खेल्न पाएनन्। त्यसपछिका लागतार ५ खेल खेल्दा सन्दीपले १० विकेट लिइसकेका छन्। उनले क्वेट्टा ग्लाडिएटर्स विरुद्ध ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिएका थिए। 

सन्दीपले पेशावर जाल्मी विरुद्धको पछिल्लो खेलमा भने विकेट लिन असफल भएका थिए।

पिएसएलको यस सिजनमा सन्दीप अहिलेसम्म सर्वाधिक विकेट लिनेमा छैटौँ स्थानमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell