PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता धनगढीमा फागुन २९ गतेदेखि



एम बम

प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता धनगढीमा फागुन २९ गतेदेखि

कैलाली : धनगढीमा यही फागुन २९ गतेदेखी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा फागुन २९ गतेदेखी चैत्र ३ गतेसम्म सातै प्रदेश स्तरीय खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्न लागिएको प्रादेशिक सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेश धनगढीले जनाएको छ।

मन्त्रालयले आईतबार बिहान पत्रकार सम्मेलन मार्फत प्रतियोगितावारे जानकारी गराएको हो। प्रतियोगिता अन्तर्गत फुटबल, भलिबल पुरुष-महिला, क्रिकेट पुरुष-महिला र व्याडमिन्टन पुरुष-महिला गरी चार विधाका खेलहरु खेलाईने सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए।

प्रत्येक प्रदेशबाट सबै विधाका ७८ खेलाडी, ७ प्रशिक्षक र ७ व्यवस्थापक गरेर जम्मा ६ सय ४४ जनाको सहभागीता रहने मन्त्री सुवेदीले बताए। 

प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्र सहित जनही १० हजार पुरस्कार दिइने छ।

सर्वाधिक स्वर्ण पदकका साथ प्रथम, द्वितीय र तृतिय हुने प्रदेशलाई ट्रफी सहित क्रमसः नगद १५ लाख, ८ लाख र ५ लाख पुरस्कार प्रदान गरिने छ।

प्रतियोगितामा विभागीय टीमबाट खेल्दै आएका खेलाडीले समेत सम्बन्धित प्रदेशबाट सहभागीता जनाउन पाउने बताइएको छ।

अन्तरप्रदेश खेलकुद प्रतियोगिता सञ्चालनका लागि प्रदेश सरकारले एक करोड ५० लाख विनीयोजन गरेको छ। उक्त रकम अपुग हुने देदिएपछि थप ५० लाख माग गरिएको छ।

प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री, राष्ट्रपति वा उप–राष्ट्रपति मध्य एकजनालाई निमन्त्रणा गरिने मन्त्रालयले तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell