PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

सर्लाहीमा एक युवकको गोली हानी हत्या, फोन गरेर कसले भेट्न बोलाएका थिए?



पहिलोपोस्ट

सर्लाहीमा एक युवकको गोली हानी हत्या, फोन गरेर कसले भेट्न बोलाएका थिए?

सर्लाहीः सर्लाही सदरमुकाम मलङ्गवामा शनिवार राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ। गोली लागेर मलङ्गवा नगरपालिका ८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी गणेशचन्द्र भट्टराइले जानकारी दिए।

मलङ्गवा नगरपालिका ८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी हत्या गरिएको अवस्थामा यादवको शव देखेर आज बिहान स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए।

घटनामा संलग्नको खोजी तीव्र पारिएको एसपी भट्टराईले बताए। मृतकको मोबाइलसमेत साथमै भेटिएकाले अभियुक्त पहिचान गर्न सहज हुने प्रहरी उपरीक्षक भट्टराईले बताए। घटनास्थलमा गोलीको खोका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको एसपी भट्टराइको दावी छ। मृतक यादव लागु‍औषध प्रयोगकर्ता रहेको अनुसन्धान खुलेको छ।

गए राति ९ बजे मृतक यादव घरमा भएको बेला एक व्यक्तिले फोन गरेर बोलाएपछि दाई घरबाट निस्केको मृतकका बहिनीले जानकारी दिएकी छिन्। सदरमुकाममै गोली हानी हत्या भएपछि अहिले मलङ्गवाका स्थानीयवासी त्रसित बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell