PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

पिएसएल : सन्दीप लामिछानेले 'पावर प्ले' मै लिए ३ विकेट



पहिलोपोस्ट

पिएसएल : सन्दीप लामिछानेले 'पावर प्ले' मै लिए ३ विकेट
photo : https://www.thenational.ae

नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत क्वेट्टा ग्लाडिएटर्स विरुद्ध पावर प्लेमै ३ विकेट लिएका छन्।

६ ओभरको पावर प्लेअ भित्र २ ओभर बलिङ गरेका सन्दीपले ५ रन खर्चिँदै ३ विकेट लिएका हुन्।

सन्दीपले चौथो ओभरको चौथो बलमा क्वेट्टाका शेन वाट्सनलाई एलबीडब्लु आउट गर्दै पहिपलो सफलता हात पेका थिए। त्यसपछि छैटौँ ओभर बलिङ गरेका उनले राइले रुसो र उमर अकमललाई आउट गरे।

सन्दीपले छैटौँ ओभरको पहिलो बलमा रुसो (८) लाई डेविड वाइजबाट क्याचआउट गराए भने उक्त ओभरको अन्तिम बलमा उमर अकमललाई बोल्ड गरे। 

सुरुको ६ ओभरको पावर प्लेमा स्पिनरले बिरलै अवसर पाउने भएपनि सन्दीपले यस खेलमा चौथो ओभरमै बलिङ गर्न पाए। उनले आफूले पाएको अवसरलाई पनि सही सदुपयोग गर्दै विकेट हात पारे।

सन्दीपले यसअघि मुल्तान सुल्तान विरुद्धको खेलमा ३ र क्वेट्टाविरुद्ध नै १ विकेट लिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell