PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतमा नेपाली युवा टोली ८-० ले विजयी, अभिषेक एक्लैले गरे चार गोल



पहिलोपोस्ट

भारतमा नेपाली युवा टोली ८-० ले विजयी, अभिषेक एक्लैले गरे चार गोल

काठमाडौँ : भारतको गुहावटीमा भइरहेको डक्टर टीएओ नर्थ इस्ट इन्टरनेशनल (यू २१) गोल्डकपमा नेपालको एन्फा यू-२१ टोलीले फराकिलो जित हात पारेको छ।

नेपालको युवा टोलीले त्रिपुरालाई ८-० को फराकिलो अन्तरले पराजित गरेको हो।

नेपाली टोलीका लागि अभिषेक रिजाल एक्लैले ४ गोल गरे। उनले चार गोल नै दोस्रो हाफमा गरे।

पहिलो खेलमा नेपाली टोली भारतको मेघालय टिमसँग ३-२ ले पराजित भएको हो।

एलएनआइपिइ स्टेडियममा भएको खेलको चौथो मिनेटमै प्रेजन तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। ३१औँ मिनेटमा रेजिन सुब्बाले गोल गरेपछि नेपालले पहिलो हाफमा २-० को अग्रता बनायो।

दोस्रो हाफमा नेपालले ६ गोल थप्दा अभिषेकलले ५२औँ, ६६औँ, ६९औँ र ७८औँ मिनेटमा गोल गरे। यस्तै प्रेजनले व्यक्तिगत दोस्रो गोल ६७औँ मिनेटमा गरेका थिए भने धिरज श्रेष्ठले ७७औँ मिनेटमा एक गोल गरेका थिए।

पहिलो जितपछि एन्फा यु २१ का प्रशिक्षक चेत नारायण श्रेष्ठले दुई खेलाडी परिवर्तन गर्नु र सुरुमै गोल हुनले खेल जित्न सहज भएको बताए। 'हामीले आज गोलकिपर र एक फरवार्ड परिवर्तन गरेका थियौँ। चौथो मिनेटमै गोल पनि निक्सियो। पहिलो हाफमा दुई गोल गरेपछि केटाहरुको मनोबल बढ्यो र दोस्रो हाफमा धेरै गोल भयो।'

चार गोल गरेका अभिषके खेलको म्यान अफ दि म्याच घोषित भए।

एन्फा टोलीले तेस्रो खेल मनिपुरसँग शनिवार खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell