PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जे पायो त्यही फिल्म गरेर स्टार हुने मन छैन: शिल्पा मास्के



पहिलोपोस्ट

जे पायो त्यही फिल्म गरेर स्टार हुने मन छैन: शिल्पा मास्के

काठमाडौं:  अभिनेत्री शिल्पा मास्केले 'कागजपत्र'बाट नेपाली रजतपटमा डेब्यू गरेकी छिन्। हालै उनी आयुषमान देशराज जोशीसँगै फिल्म 'सानो मन'मा अनुबन्धित भइन्। उनी अभिनित दोस्रो फिल्म हो 'द ब्रेकअप'।

प्रदर्शनको हिसाबले 'द ब्रेकअप' अगाडि आउँदैछ। फिल्ममा उनी आशिरमान देशराज जोशी श्रेष्ठको अपोजिटमा देखिँदैछिन्। हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज'मा अभिनयको अनुभव लिइसकेकी शिल्पा अहिले फिल्महरु गर्न व्यस्त छिन्।  

उनी 'द ब्रेकअप' निर्देशक हेमराज बिसीकै सिफारिसमा 'कागजपत्र'को टिमसँग आवद्ध भएको बताउँछिन्। हालै एक कार्यक्रममा उनले आफूलाई फिल्मको चरित्र लोभ लाग्ने बताइन्। उनले भनिन् 'मलाई जे पायो त्यही फिल्म गरेर स्टार हुने मन छैन। फिल्मको क्यारेक्टरको लोभ लाग्छ।'

उनलाई अहिलेसम्म १५ भन्दा बढी फिल्मको अफर आइसकेको बताउँछिन्। प्रदर्शनको तयारीमा रहेको शिल्पाको 'द ब्रेकअप'ले कस्तो सफलता पाउछ त्यो त पछि नै थाह हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell