PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नयाँ शक्तिका प्रदेश सभा सदस्य र गाउँपालिका प्रमुख कांग्रेसमा प्रवेश गर्दै, रसुवामा देउवाले स्वागत गर्ने



नेत्र तामाङ

नयाँ शक्तिका प्रदेश सभा सदस्य र गाउँपालिका प्रमुख कांग्रेसमा प्रवेश गर्दै, रसुवामा देउवाले स्वागत गर्ने

काठमाडौं : रसुवाबाट निर्वाचित प्रदेश सभा सांसद प्रेम तामाङ र आमा छोदिङमा गाउँपालिकाका प्रमुख बुचुङ तामाङ कांग्रेसमा प्रवेश गर्ने भएका छन्। दुवैजना गएको निर्वाचनमा नयाँ शक्तिबाट निर्वाचित भएका हुन्।

फागुन १३ गते जिल्लाको कालिकास्थानमा हुने कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई पार्टीमा स्वागत गर्ने कांग्रेसबाट निर्वाचित प्रदेश सांसद प्रभात तामाङले जानकारी दिए।

फागुन १३ गतेको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा सहमहामन्त्री डा प्रकाशशरण महत, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, जिल्लाका सांसद मोहन आचार्य, सांसदहरु गगन थापा, बहादुरसिंह लामालगायतले कार्यक्रममा सम्बोधन गर्ने उनले जानकारी दिए।

'कार्यक्रम कालिकास्थानमा हुँदैछ। नयाँ शक्तिबाट निर्वाचित हुनुभएका प्रदेश सभा सदस्य प्रेम तामाङ, आमा छोदिङमा गाउँपालिका प्रमुख बुचुङ तामाङ, वडाध्यक्षहरु कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ,' प्रदेश सभा सदस्य लामाले पहिलोपोस्टसँग भने, 'कांग्रेसको प्रयास र राष्ट्रिय पार्टीमा आउने उहाँहरुको इन्ट्रेस्टले यो सम्भव भयो।'

नयाँ शक्ति पार्टी त्यागबारे बुझ्द खोज्दा प्रदेश सांसद तामाङ सम्पर्कमा आउन सकेनन्। गाउँपालिका प्रमुख बुचुङ तामाङले भने छलफल चलिरहेको र निर्णय हुन बाँकी रहेको बताए। 'हामीसँग कुरा आएको छ। के कसो गर्ने हो भन्ने कुरा साथीहरुसँग छलफलपछि निर्णय गर्छौ,' पहिलोपोस्टसँग प्रमुख तामाङले भने।

रसुवामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेस र नयाँ शक्तिबीच रसुवामा तालमेल गरेको थियो। प्रतिनिधि सभामा कांग्रेसबाट मोहन आचार्य विजयी भने प्रदेशमा नयाँ शक्तिका तामाङ र कांग्रेसका लामाले निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell