PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पशुपति शर्माको गीत हटाएकोबारे कांग्रेस, 'एउटा गीतले पनि थरर काम्ने कति बलियो सरकार?'



पशुपति शर्माको गीत हटाएकोबारे कांग्रेस, 'एउटा गीतले पनि थरर काम्ने कति बलियो सरकार?'

काठमाडौं: नेपाली कांग्रेसले पशुपति शर्माको गीत हटाउन लगाएर सरकारले वाक स्वतन्त्रताको रक्षा गर्न नसकेको आरोप लगाएको छ।

आज सरकारको एक वर्षे प्रगति विवरणबारे आफ्नो धारणा राख्न सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले उक्त आरोप लगाएका हुन्।

पशुपति शर्माको बारेमा कांग्रेसको धारणा सोधिएको प्रश्नको जवाफमा शर्माले भने, 'एउटा गीतले पनि थरर काम्ने दुई तिहाइको कस्तो बलियो सरकार? यति भनौ यसमा सरकारले वाक स्वतन्त्रताको रक्षा गर्न सकेन।'

सत्तारुढ नेकपा समर्थकहरुको आक्रोशित प्रतिक्रियापछि गायक पशुपति शर्माले 'लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..' गीत युट्युबबाट हटाएका थिए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell