PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

केन्द्रमा मिलेको मन प्रदेशमा मिलेनः प्रदेश २ मा नेकपाभित्र विवाद, लेखा समितिमा नेकपाकै दुई उम्मेद्वार



बीपी साह

केन्द्रमा मिलेको मन प्रदेशमा मिलेनः प्रदेश २ मा नेकपाभित्र विवाद, लेखा समितिमा नेकपाकै दुई उम्मेद्वार

जनकपुरधाम: प्रदेश २ को प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)भित्र संसदीय समितिको सभापति चयनको विषयलाई लिएर विवाद भएको छ।

प्रदेश २ को सार्वजनिक लेखा समितिको सभापतिका विषयमा नेकपाभित्र विवाद हुँदा एकै पार्टीका दुई उम्मेदवारी परेका छन्। नेकपाले आधिकारिक उम्मेदवारका रुपमा भरत साहलाई अगाडि सारेको छ। उनी पूर्व माओवादी नेता हुन्।

तर, शत्रुघन महतो कोइरीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। महतो पूर्व एमालेभित्र माधव नेपाल पक्षका नेता हुन्।

प्रदेश सभाका सात समितिमध्ये ६ वटामा र्निविरोध रुपमा सभापति चयन भइसकेका छन्।  

प्रमुख प्रतिपक्ष दल नेकपाको भागमा रहेको लेखा समितिमा विवाद भएको हो। प्रदेशसभा सचिवालयले बिहीबार उम्मेदवारीका लागि दिएको समयभित्र नेकपाबाटै साह र महतोको उम्मेदवारी परेको हो।

लेखा समितिमा १३ सदस्य छन्। नेकपाका ४, फोरमको ३, राजपाको ३ र कांग्रेसको ३ तीन जना सदस्य छन्।

नेकपाबाटै दुईवटा उम्मेदवार भएपछि समितिमा मतदानको तयारी गरिएको सचिवालयले जनाएको छ।

प्रदेशसभाका सात समितिमध्ये फोरम, राजपा र नेकपाले २/२ वटा भागबन्डा गरेका छन्। कांग्रेसको भागमा १ समिति परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell