PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कश्मिरमा भारतीय सैनिकमाथि आक्रमण, ४२ को मृत्यु : प्रधानमन्त्री ओलीद्वारा घटनाको निन्दा



कश्मिरमा भारतीय सैनिकमाथि आक्रमण, ४२ को मृत्यु : प्रधानमन्त्री ओलीद्वारा घटनाको निन्दा
फोटो: twitter.com/ANI

काठमाडौंः भारतको जम्मु कश्मिरमा भारतीय सुरक्षा फौजमाथि आक्रमण हुँदा ४२ जना सीआरपीएफका जवानहरुको मृत्यु भएको छ। जम्मू–श्रीनगर नेसनल हाइवेको पुलवामामा सैनिक जवान बोकेको गाडीमा विस्फोट गराईएको थियो।

विस्फोटमा परी २० भन्दा बढी जवानहरु घाइते भएका छन्। सीआरपीएफको ७८ वटा गाडी २५ सय जवानहरु लिएर जम्मुबाट श्रीनगर जाँदै थियो।

५४ बटालिएनको सीआरपिएफका जवान बोकेको गाडीलाई निसाना बनाइएको थियो। सीआरपीएफका आईजी जुल्फकार हसनको ५४ बटालिएनलाई निसाना बनाइएको थियो। सो गाडीमा ४४ जना जवान सवार थिए।

यो आक्रमणलाई २०१६ मा उरीमा भएको आक्रमण भन्दा ठूलो मानिएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी घटना प्रति दःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै समवेदना प्रकट गरेका हुन्। त्यस्तै घटनाको प्रधानमन्त्री ओलीले निन्दा पनि गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell