PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

हिरो वुमन्स गोल्डकप : म्यानमारले भारतलाई हराएपछि नेपाल फाइनलमा



पहिलोपोस्ट

हिरो वुमन्स गोल्डकप : म्यानमारले भारतलाई हराएपछि नेपाल फाइनलमा

काठमाडौँ : भारतमा भइरहेको हिरो वुमन्स गोल्डकपको उपाधिका लागि नेपालले म्यानमारसँग खेल्ने भएको छ। लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २-० ले पराजित गरेपछि नेपाल शीर्ष दुईमा रहँदै फाइनल पुगेको हो।

उडिसास्थित कालिङ्गा रंगशालमा भएको खेलको दोस्रो मिनेटमै पहिलो गोल गरेको म्यानमारले इन्जुरी टाइममा अर्को गोल थपेको थियो।

म्यानमारका लागि जुली क्यावले पहिलो र विन थेङ्गी तुनले दोस्रो गोल गरिन्।

आजै भएको खेलमा नेपालले इरानलाई ३-० ले पराजित गर्दै दोस्रो जित हात पारेको थियो।

पहिलो खेलमा म्यानमारसाग हारेपनि नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको थियो।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा सबै तीन खेल जित्दै म्यानमार पहिलो भएर फाइनल पुगेको हो। इरान भने सबै खेल हार्दै अंकविहिन भयो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell