PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

डम्फु र ढ्याङ्ग्रोको तालैमा नाचे तामाङ, सोनाम ल्होछारको रौनक ४० फोटोमा हेर्नुस्

डम्फु र ढ्याङ्ग्रोको तालैमा नाचे तामाङ, सोनाम ल्होछारको रौनक ४० फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: तामाङ समुदायले फाग ल्हो(सुँगुर वर्ग)को भव्यताका साथ स्वागत गरेका छन्। ल्होछारको अवसरमा आज देश तथा विदेशमा विभिन्न कार्यक्रमसमेत आयोजना भएको छ। सोही अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङको संयोजकत्व र नेपाल राष्ट्रिय तामाङ घेदुङको सहसंयोजकत्व २८५४ सोनाम ल्होछार आयोजना गरिएको हो। 

खि ल्हो(कुकुर वर्ग)को बिदाई गर्दै सुँगुर वर्गको स्वागत गरिएको हो। प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथिको दिन वर्ग परिवर्तन हुन्छ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल प्रमुख अतिथिका रुपमा उपस्थित थिए। अतिथिलाई स्वागत गर्दै घेदुङका अध्यक्ष मोहन गोले तामाङले तामाङहरुको राष्ट्रिय पर्वलाई राज्यले उपेक्षा गरेको आरोप लगाए।

ल्होछारको अवसरमा विभिन्न संघ संस्थासहितको र्‍याली शान्तिबाटिकाबाट शुरु भएको थियो। र्‍यालीमा ज्यापु समाज र लिम्बु समुदायकोसमेत उपस्थित थियो।  र्‍यालीमा सहभागीले डम्फु र ढ्याङ्रोमा नृत्यसमेत प्रस्तुत गरेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell