PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ऐतिहासिक सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई 'रेड कार्पेट' स्वागत, फोटोमा हेर्नुस्

ऐतिहासिक सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई 'रेड कार्पेट' स्वागत, फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: पहिलो पटक ओडिआई र टी २०आई सिरिज जितेको नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई रेड कार्पेट ओछ्याएर भव्य स्वागत गरिएको छ। युएईविरुद्धको डबल सिरिज उसैको मैदानमा जितेको नेपालले टुरलाई सुखद अन्त्य गरेको थियो। 

नेपालले ३ खेलको ओडिआई र ३ खेलको टी २० आई समान २-१ ले जितेको थियो। नेपालले दुवै सिरिजमा पहिलो खेल हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै सिरिज जितेको हो। दुवै फर्म्याटमा यो नेपालको पहिलो सिरिज जित हो।

नेपाली टोलीका सदस्य सन्दीप लामिछाने बिग बास लिग खेल्न युएईबाटै अष्ट्रेलिया लागेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell